काठमाडौं : मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)को नेपाल भ्रमणको क्रममा आजको दोस्रो खेलमा नेपालले एमसिसीमाथि ५ विकेटको जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसिसीले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको योगफल बनाएको थियो। एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए। रोड्सले ५४ रन तथा गोडलम्यानले ५२ रन बनाए। यस्तै विल भान्डरस्परले ३६, कोलुम ज्याकनले ११, एलेक्स थमसनले ११ तथा टम वेस्लेले १० रनको योगदान दिएका थिए।
एमसिसीलाई औषत रनमा रोक्न नेपालका लागि पवन शर्राफ र ललित नारायण राजवंशीले चार/ चार विकेट लिए। अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए।
यता २०२ रनको लक्ष्य पछ्याएको नेपालले ३७ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर जित निकाल्यो। नेपालका लागि विनोद भण्डारीले सर्वाधिक अभिजित ५२ रनको योगदान दिए। त्यस्तै पवन सर्राफ ३८ रनमा अभिजित रहे।
नेपालका लागि इशान पाण्डे ४ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले १० रन बनाए। त्यस्तै आरिफ शेखले २३ रन, शरद भेषावाकरले २४ तथा दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए।
एमसिसीका लागि यासिर अर्फातले ३ तथा एलेक्स थोमसनले २ विकेट लिए पनि नेपालको जित टार्न सकेनन्।
कप्तान बनेसँगै ज्ञानेन्द्र मल्लले नेपाललाई पहिलो जित दिलाए।
हिजोको खेलमा एमसिसीले नेपाल यू १९ लाई ३८ रनले हराएको थियो।