PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

प्रदूषणले 'ग्यास चेम्बर' बनेको दिल्ली, यमुना नदीमा जम्यो 'फोम'

प्रदूषणले 'ग्यास चेम्बर' बनेको दिल्ली, यमुना नदीमा जम्यो 'फोम'

पहिलोपोस्ट /पहिलोपोस्ट


भारतको नयाँ दिल्ली यतिखेर 'ग्यास चेम्बर' बनेको छ। प्रदूषणका कारण दिल्लीमा धुलोधुँवाको मात्रा अत्यधिक बढेको छ। दिल्ली धुलोको मुस्लोले ढाकिएको छ। प्रदूषण बढेपछि आपतकाल घोषणा गर्दै विद्यालयहरू बन्द गरिएका छन्। लाखौँको संख्यामा मास्क वितरण गरिएको छ। सोमबारदेखि सवारी साधनमा जोर-बिजोर नम्बर प्रणाली लागू गरिएको छ।

यसैबीच दिल्लीमा बग्ने यमुना नदीको तस्बिरहरू यतिखेर सामाजिक सञ्जाल तथा अन्तर्राष्ट्रिय मिडियाहरूमा भाइरल भइरहेका छन्।  वातावरण प्रदूषणसँगै यमुना नदी पनि प्रदूषित हुँदा नदीमा 'फोम' जमेको छ।

गत आइतबार छठको समापनका लागि भक्तजन यमुना पुगेका थिए। उनीहरूले प्रदूषित पानीमै उभिएर सूर्यलाई अर्घ दिए। ती तस्बिरहरू अहिले विश्वभर चर्चामा छन्।

हिन्दुहरूको पवित्रस्थल यमुना गंगा नदीको सबैभन्दा ठूलो र लामो सहायक नदीमा पर्छ।

हेर्नुस् प्रदूषित यमुना नदीका तस्बिरहरू news18.com बाट ।



ट्रेन्डिङ पोस्ट

Ncell