PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

सन ह्युङ मिनको रेड कार्डविरुद्ध टोटेनहमको अपिल



पहिलोपोस्ट

सन ह्युङ मिनको रेड कार्डविरुद्ध टोटेनहमको अपिल

इङ्ग्लिस क्लब टोटेनहमले एभर्टन विरुद्धको खेलमा सन ह्युङ मिनलाई दिइएको रेडकार्ड विरुद्ध अपिल गरेको छ।

१–१ को बराबरीमा रोकिएको टोटेनह्याम र इभर्टनबीचको खेलमा सनको ट्याकलका क्रममा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजले खुट्टामा डरलाग्दो चोट बोकेका थिए। जसका कारण सोमबार उनको खुट्टाको अप्रेसननै गर्नु परेको थियो।

खेलमा आफ्नो कारण गोमेजलाई चोट लागेको देखेर सन व्याकुल देखिन्थे। गोमेजको चोटसँगै रेफ्रि मार्टन एटकिन्सनले सनलाई रातो कार्ड देखाएका थिए। रेफ्रिको निर्णयलाई व्याख्या गर्दै प्रिमियर लिगले खेलाडीको शुरक्षा चुनौतीलाई मध्यनजर गरेर उक्त निर्णय गरिएको बताएको छ।

यता टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले सनको गोमेजलाई घाइते बनाउने कुनै मनसाय नदेखिएको बताएका छन्।

'यो स्पस्ट छ की यो समस्या निम्ताउने सनको मनसाय थिएन। उनलाई रेडकार्ड देखाउनु अप्रत्यासित हो।'  माउरिसियोले भनेका छन्।

टोटेनहमको अपिल सफल नभएको खण्डमा सनले प्रिमियर लिगका सेफिल्ड युनाइटेड, वेस्ट ह्याम र बर्नेमाउथविरुद्धको खेल गुमाउने छन्।

 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell