
काठमाडौं : फिल्म 'सेन्टी भाइरस'को रिलिज मिती तय भएको छ। फागुन ९ गते फिल्म 'सेन्टी भाइरस'को रिलिज हुने तय भएको हो।
रामबाबु गुरुङ निर्देशित यस फिल्ममा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
रिलिज डेटसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा कलाकार सिताराम कट्टेल (धुर्मुस) मात्र अटाएका छन्।
फिल्म सामाजिक कथावस्तुमा निर्माण गरिएको बताइएको छ। सुबिहानी फिल्म्स् प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्ममा धुर्मुस र सुन्तलीको निर्माण रहेको छ। यसै फिल्मबाट पहिलो पटक यो जोडी फिल्म निर्माणमा लागेका हुन्। साथै फिल्ममा कुमार कट्टेल (जिग्री) र दिपक आचार्यको लेखन रहेको छ।