PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बझाङको कालङगा हाइड्रोपावरमा फसेका थप एक जना मजदुरको शव निकाल्यो



पहिलोपोस्ट

बझाङको कालङगा हाइड्रोपावरमा फसेका थप एक जना मजदुरको शव निकाल्यो

काठमाडौः बझाङको कालङगा हाइड्रोपावरमा छिरेर सम्पर्क विहीन भएका थप एक जना मजदुरको शव फेला परेको छ। आइतवार दिउँसो साढे तीन बजे सुरुङ खन्न भित्र पसेका चार जना मध्य तीन जनाको शव फेला परेको थियो।

सुरुङमा छिरेका ४ मध्ये तीन जनाको शव झन्डै २५ घण्टापछि फेला परेको थियो। हराएका एक जनाको शसस्त्र प्रहरीको टोलीले आज बिहान सरुङबाट शव निकालेको हो।

उनीहरू १४ सय लामो सुरुङको झन्डै १३ सय मिटरको दुरीमा मृत भेटिएका हुन्।

बझाङको बुङगल नगरपालिका १ स्थित कालङगा हाइड्रोपावरको सुरुङ खन्न सोमबार दिउँसो साढे तीन बजे दैलेखको गुराँस गाउँपालिका–३ का कर्ण बहादुर शाही, सोही ठाउँका महेन्द्र बहादुर शाही, अछामको तुर्माखाद ६ का महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका– १ का शेर सिंह धामी छिरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell