PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

कतार विश्वकप २०२२ 'इकोफ्रेन्ड्ली' बनाउने तयारी, कार्बन उत्सर्जनमा कमी ल्याउन रिसर्च हुने



पहिलोपोस्ट

कतार विश्वकप २०२२ 'इकोफ्रेन्ड्ली' बनाउने तयारी, कार्बन उत्सर्जनमा कमी ल्याउन रिसर्च हुने

फुटबलको सर्वोच्च निकाय फेडेरेसन इन्टरनेसनाल डी फुटबल एसोसिएसन (फिफा)ले कतारमा हुने विश्वकप २०२२ लाई 'इकोफ्रेन्डली' बनाउने योजना अघि सारेको छ।

यसका लागि कतारको फुटबल आयोजना समिति र खाडी सहयोग परिषद (जिसिसी) ले अध्ययन सुरु गर्नेछन्। कतारका अमिर तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्र संघको महासभामा पनि यस विषयमा सकारात्मक देखिएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार ग्लोबल कार्बन फन्ड लगायतका संस्थाहरु कार्बन उत्सर्जन मानक आँकलनका लागि तयार रहेका छन्। जसले विश्वकपलाई 'कार्बन फ्री' प्रतियोगिता बनाउन समितीले पहल सुरु गरिसकेको छ।

विशेष गरी सामानहरुका लागि रिसाइकल गर्ने, फोहोरबाट उर्जा उत्पादन गर्ने र स्टेडियममा पानीको सदुपयोग गर्नेमा जोड दिइने छ।

कतारमा उर्जा क्षय कार्यक्रमसँग सम्वधित कार्यक्रममा जोडिएका अल हमादीले भनेका छन्, 'जुन स्टेडियममा विश्वकपका खेलहरु खेलाइने छ, त्यहा बिजुलीका लागि सौर्य प्यानल जोडिने छ। साथै स्टेडियममा कुलिङ सिस्टमद्वारा पानी जोगाउने काम समेत गरिने छ।'

कतार विश्वकप जाडो महिनामा हुनेछ। अर्थात नोभेम्बरदेखि डिसेम्बरको बिचमा। सामान्यत फिफा विश्वकप जुन/जुलाइको महिनामा हुने गर्छ। विश्वकपका क्रममा कतारको तापक्रम २० डिग्री सेल्सियस आसपास हुने अनुमान लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell