
काठमाडौ : बंगलादेशमा आयोजना हुने एसियन सिनियर वुमेन्स सेन्ट्रल जोनका लागि नेपाली महिला भलिबल टोलीको घोषणा भएको छ।
अरुणा शाहीको कप्तानीमा आज नेपाली महिला भलिबल टोलीको घोषणा भएको हो। प्रतियोगिता बंगलादेशको ढाकामा ७ देखि १५ नोभेम्बरसम्म आयोजना हुनेछ। यसअघि नेपालले अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमण गरेको थियो।
थाइल्यान्डमा प्रशिक्षणका क्रममा गरेको प्रदर्शनका आधारमा नेपाली १२ सदस्यीय टोलीको घोषणा गरिएको हो। यस अघिका १८ सदस्यीय टोलीबाट १२ सदस्यीय टोली घोषणा गरिएको हो।
नेपाली टोली
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, सलिना श्रेष्ठ