PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

उपनिर्वाचनका लागि समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी



पहिलोपोस्ट

उपनिर्वाचनका लागि समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी
फोटो : रासस।

चिप्लेढुङ्गा : आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो।

समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङले वैकल्पिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टी सङ्घीयताको जननी भएको उल्लेख गर्दै देशको परिवर्तनका लागि योग्य उम्मेद्वार उठाएको दाबी गरे।

सो अवसरमा उम्मेद्वार गुरुङले पहिचानको सम्मान, संघीयताको कार्यान्वयन तथा मुलुकमा सुशासन र समृद्धिसँगै नेपाली राजनीतिलाई मार्गदर्शन गर्न आफ्नो उम्मेदवारी रहेको बताए।

चुनावी प्रचारप्रसारका लागि ५०१ जनाको समिति बनाएको चुनाव प्रचारप्रसार समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell