PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

च्याम्पियन्स लिग: बार्सिलोना बराबरीमा रोकियो, लिभरपुलको जित



पहिलोपोस्ट

च्याम्पियन्स लिग: बार्सिलोना बराबरीमा रोकियो, लिभरपुलको जित
तस्बिर : बार्सिलोना/लिभरपुल/ट्वीटर

च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा गोल गर्न नसक्दा बार्सिलोनाले अंक बाँड्नु परेको हो।

लियोनल मेस्सीले घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको समूह चरणको खेलमा कुनै पनि एसिस्ट या गोल गर्न नसकेको सन २०१२ यताको यो पहिलो खेल भएको बताइएको छ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा लिभरपुलले जिंकलाई २-१ ले पराजित गर्‍यो। घरेलु मैदानमा लिभरपुलले १४औं मिनेटमा विजनाल्डमको गोलसँगै अग्रता लिएको थियो।

४० औं मिनेटमा समत्ताले जिंकका लागि गोल फर्काउँदा पहिलो हाफ १–१ को बराबरीमा रोकिएको थियो। खेलको ५३ औं मिनेटमा लिभरपुलका अक्सिलेड च्याम्बरलेनले गोल गरे। जुन खेलका लागि निर्णायक बन्दै लिभरपुलले खेलमा २–१ ले जित हात पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell