
भरतपुरः चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–४ लङ्कुमा ना ६२ प ५९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस