PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

नेपाली यू १९ फुटबल टोलीले आज युएईको सामना गर्ने



पहिलोपोस्ट

नेपाली यू १९ फुटबल टोलीले आज युएईको सामना गर्ने
फाइल फोटो: साफ यू १८ मा नेपालले माल्दिभ्सबिरुद्ध गोल गरेपछि खुशी साट्दै खेलाडीहरु

एएफसी यू १९ च्याम्पियनसिप क्वालिफार्सको खेलमा नेपालले आज युएइको सामना गर्दै छ। समूह 'डी' मा रहेको नेपाली टोलीले आज बेलुकी ५ बजे युएइको सामना गर्ने छ। खेल इरानको तेहारानस्थित पिएएस स्टेडियममा हुनेछ।

खेलाडीको विदाइ कार्यक्रममा प्रशिक्षक मेघराज केसीले नेपाली राम्रो टिम बनाएको भन्दै इरानमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। नेपाली खेलाडीहरुमा पनि राम्रो ट्यालेन्ट भएको भन्दै टिम राम्रो भएको दाबी गरेका थिए।

प्रतियोगितामा नेपाल समूह 'डी' मा रहेको छ। समूह 'डी' मा नेपालसहित कीर्गिस्तान, युएइ र इरान रहेका छन्।

नेपालले दोस्रो खेल इरानसँग २२ गते खेल्ने छ। त्यस्तै तेस्रो खेल २४ गते कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।

यस अघि असोजमा नेपालमै आयोजना भएको साफ यू १८ नेपाल नेपालले खराब प्रदर्शन गर्दै बाहिरिएको थियो। उक्त प्रतियोगितामा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल भुटानसँग पराजित बन्दै समूह चरणबाट बाहिरिएको थियो। जसले गर्दा उक्त प्रतियोगितको समीक्षा हुनुपर्ने भन्दै आलोचनासमेत भएको थियो।

नेपाली टिम

गोलकिपर: विशाल सुनार, रोहित कार्की, पुजन होना

डिफेन्डर: विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नवीन गुरुङ, रोशन डोङ, विकास खवास, योगेश गुरुङ, निराजन महर्जन

मिडफिल्डर: दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन

फर्वाड : मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा, दीपेश आले मगर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell