
धनगढीः प्रहरीले धनगढीबाट चार ग्राम आठ सय मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ५ का २५ वर्षीय सञ्जय चौधरी र वडा नम्बर १३ का २० वर्षीय अनिल राना रहेका छन्।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार धनगढी उपमहानगरपालिका २ स्थित त्रिनगर भन्सार गेट अगाडि पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आइरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।
घटनाको अनुसन्धान अघि बढाइएको कार्कीले बताए।