PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

ब्राउन सुगरसहित धनगढीमा दुई जना पक्राउ



पहिलोपोस्ट

ब्राउन सुगरसहित धनगढीमा दुई जना पक्राउ

धनगढीः प्रहरीले धनगढीबाट चार ग्राम आठ सय मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ५ का २५ वर्षीय सञ्जय चौधरी र वडा नम्बर १३ का २० वर्षीय अनिल राना रहेका छन्।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार धनगढी उपमहानगरपालिका २ स्थित त्रिनगर भन्सार गेट अगाडि पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आइरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।

घटनाको अनुसन्धान अघि बढाइएको कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell