PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बैंकिङ कसुरमा दोषी ठहर भएका दुई जना पक्राउ, कारागार चलान



पहिलोपोस्ट

बैंकिङ कसुरमा दोषी ठहर भएका दुई जना पक्राउ, कारागार चलान

काठमाडौँः बैंकिङ कसुर मुद्दामा सजाय पाएका दुई फरार अभियुक्त पक्राउ परेका छन्। उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको आदेशानुसार हेटौंडा उपमहानगरपालिका २ का सञ्जय पोखरेल र लक्ष्मी देवी पोखरेल पक्राउ परेका हुन्। 

क्रिष्टल फाइनान्स थापाथलीमा जग्गा धितो राखी धितो राखेको जग्गाको आफुखुशी अस्वभाविक मूल्याङकन गराई कर्जा लिई  दुरुपयोग गरेका अभियोगमा उच्च अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो। 

अदालतले सञ्जयलाई ३ वर्ष  कैद र एक करोड ९५ लाख २६ हजार रुपैयाँ जरिवाना तथा लक्ष्मीको हकमा दुई वर्ष कैद र ७९ लाख २२ हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको थियो।

आदेश कार्यान्वयनको सिलसिलामा सञ्जयलाई १७ गते गौशलाबाट र लक्ष्मीलाई १९ गते वीरजंगबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell