PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेपालले एमसिसीसँग 'फस्ट क्लास' क्रिकेट खेल्दै



पहिलोपोस्ट

नेपालले एमसिसीसँग 'फस्ट क्लास' क्रिकेट खेल्दै
फाइल फोटो

काठमाडौं : नेपाली क्रिकेट टोलीले लामो समय पछि आज 'फस्ट क्लास' क्रिकेट खेल्दै छ। मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) को नेपाल भ्रमणका क्रममा नेपाल र एमसिसीले आजबाट 'फस्ट्र क्लास' क्रिकेट खेल्न लागेका हुन।

कीर्तिपुरस्थित टियू मैदानमा खेल आज साढे ९ बजेबाट सुरु हुनेछ।

नेपालका अधिकांश खेलाडीका लागि आजको खेल 'फस्ट क्लास' क्रिकेटमा पहिलो खेल हुनेछ। नेपाली टोलीका सिनियर खेलाडीहरुको मात्र लामो फर्म्याटमा खेलेको अनुभव छ।

लामो फर्म्याटको खेल भएकाले नेपाली टोलीको यो नयाँ अनुभव हुनेछ। आजबाट सुरु हुने तीन दिवसीय खेल शुक्रबार सकिनेछ।

एमसिसीले नेपाल भ्रमणको क्रममा यसअघि पहिलो खेलमा नेपाली यू १९ टिमलाई पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा नेपाली सिनियर टिमसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell