PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

मध्यरातमा फिरौती बुझ्ने अपहरणकारीमाथि प्रहरीले चलायो गोली, अपहरित बालकको उद्धार



राधेश्याम पटेल

मध्यरातमा फिरौती बुझ्ने अपहरणकारीमाथि प्रहरीले चलायो गोली, अपहरित बालकको उद्धार

वीरगंजः बालक अपहरणमा संलग्न एक अपहरणकारीलाई पर्सा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। बुधबार बिहान १ बजे पोखरिया नगरपालिका ८ सेमरबारी टोलका २० वर्षीय राजकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गोली लागेर दास घाइते भएका छन्।

काभ्रेबाट अपहरणमा परेका १४ वर्षीय बालकको परिवारसँग फिरौती रकम लिइरहेको अवस्थामा प्रहरीले दासलाई वीरगंज २५ खालवा टोल श्रीसियामा गोली हानी नियन्त्रमा लिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

'१० दिनदेखि काभ्रेबाट अपहरणकारी गिरोहले एक १४ वर्षीय बालकलाई सीमा नाकाको गाउँ श्रीसियामा राखेका थिए। बिहान १ बजे फिरौतीको १२ लाख रुपैयाँ लिने क्रममा पूर्व सूचनाको अधारमा प्रहरी त्यहाँ पुगेको थियो', राठौरले भने,'प्रहरीलाई देख्नेबितिकै अपहरणकारीले बन्दुक ताकेपछि उनलाई गोली हानी नियन्त्रमा लिएका हौँ।'

दायाँ खुट्टामा गोली लागेका अपहरणकारी दासको उपचार नारायणी अस्पताल वीरगंजको सर्जिकल वार्डमा भइरहेको छ। घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell