PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्छु : ने क पा अध्यक्ष दाहाल



पहिलोपोस्ट

दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्छु : ने क पा अध्यक्ष दाहाल
फाइल फोटो

काठमाडौं : ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन्। प्रेस संगठनले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक आन्दोलन र परिवर्तनमा दाङले खेलेको भूमिकाले गर्दा प्रदेश ५ को केन्द्र दाङ उपयुक्त हुने बताए।

उनले भने, ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ। मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आएको थिएँ।'

हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल छ।

उनले उपनिर्वाचन सफल बनाउन नेता/कार्यकर्तालाई लाग्न अनुरोध गरे।

प्रचण्डले भने, 'उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ। सबैले मिलेर यसलाई सफल पार्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell