PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

कुमारी हल मर्मतको योजना ६ महिना अघिको हो : क्युएफएक्स सञ्चालक नकिम उद्धिन



पहिलोपोस्ट

कुमारी हल मर्मतको योजना ६ महिना अघिको हो : क्युएफएक्स सञ्चालक नकिम उद्धिन

काठमाडौं : कमलपोखरीस्थित क्युएफएक्स अन्तर्गतको कुमारी हल करिब एक महिनाको लागि बन्द गरिएको छ। रंगरोगन र भवन मर्मत सम्भारको लागि सिनेमा हल एक महिनाको लागि बन्द गरिएको क्युएफएक्स सञ्चालक नकिम उद्धिनले जानकारी दिए।

उनी भन्छन्, 'सिनेमा हलको शौचालय  र भवन मर्मत गर्ने योजना हामीले ६ महिना अघिदेखि नै बनाएका थियौं र नोभेम्बर महिनामा धेरै फिल्मको चाप नभएकोले यही महिना बेस्ट भएर हामीले कुमारी हलको मर्मत सम्भार सुरु गरेका हौं।'

त्यसो त क्युएफएक्स अन्तर्गतको कुमारी हलमा फिल्मको प्रिमियरदेखि लिएर फिल्मका विशेष कार्यक्रमहरु समेत आयोजना हुने गर्दछन्। साथै सुविधासम्पन्न यस हलमा दर्शकको चाप पनि उत्तिकै हुने गर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell