PahiloPost

Jul 5, 2020 | २१ असार २०७७

महरा प्रकरणबारे प्रचण्डको ब्रिफिङ : आपराधिक होइन, नैतिक गल्ती गर्नुभयो



पहिलोपोस्ट

महरा प्रकरणबारे प्रचण्डको ब्रिफिङ : आपराधिक होइन, नैतिक गल्ती गर्नुभयो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणको बिफिङ गरेका छन्।

लामो समयसम्म यस प्रकरणबारे मुख नखोलेका प्रचण्डले महराले नैतिक गल्ती गरेको बताएका छन्।

आज दाङमा सत्र्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले घटनाका विषयमा पार्टी नेतृत्वलाई यथार्थ जानकारी नगराउनु पनि महराको गल्ती भएको बताए।

उनले भने,  'गल्ती त गर्नुभएकै छ। यो क्रिमिनल प्रकृतिको गल्ती होइन। आपराधिक गल्ती नभएर मोरल आचारसँग सम्बन्धित गल्ती हो भन्ने देखिएको छ।'

उनले उक्त प्रकरणको छानबिन स्वतन्त्र र निष्पक्ष रुपमा निष्कर्षमा पुगोस् भन्ने आफ्नो चाहना रहेको बताए।

'जब कुरा बाहिर आयो, पार्टी अध्यक्षको हैसियतले अर्का अध्यक्षसँग पनि समन्वय गरेर मिडियामा आएको कुरा बुझ्न जोगबहादुर महरा र नारायणकाजी कमरेडलाई पठाएको थिएँ। उहाँहरुले महराजीले जस्ताको तस्तै बताउनुभएन। त्यसपछि प्रधानमन्त्रीसँग कुरा गरेर म आफैँ गएँ उहाँलाई भेट्न। के भएको हो जस्ताको तस्तै भन्नुस् भन्दा उहाँले साँचो कुरा भन्नु भएन,' उनले भने, 'मोरल गल्ती त गर्नुभएको रहेछ। त्योभन्दा गम्भीर गल्ती लिडरसिपलाई ढाँट्नुभयो।'

महरा जत्तिको सम्मानित पदमा आसीन व्यक्तिले छानबिनमा सहयोग नगरेपछि स्थिति जटिल बन्दै गएको स्मरण प्रचण्डले गरे।

'नैतिक प्रश्न उठिसकेपछि राजीनामा दिनुपर्छ। तपाईंमाथि लागेको आरोपको छानबिनका लागि राजीनमा दिनुको विकल्प छैन भनेपछि उहाँले राजीनामा दिनुभयो,' उनले भने। प्रचण्डले महराजस्तो उच्च पदमा रहेका व्यक्तिको गल्तीमा उचित छानबिन गरेर कारबाही गर्नुले राष्ट्रलाई दिशा निर्देश गर्ने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell