PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

प्रशंसकलाई दुत्कार्दा रानु मण्डल परिन् ट्रोलमा



पहिलोपोस्ट

प्रशंसकलाई दुत्कार्दा रानु मण्डल परिन् ट्रोलमा
फोटोः लाइभ हिन्दुस्तान

भारतको रेलवे स्टेसनमा गायिका लता मंगेशकरको 'एक प्यारका नगमा' बोलको गीत गाएर रातारात चर्चामा आएकी रानु मण्डलको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।

उक्त भिडियोमा उनले आफ्नो फयानहरुलाई गाली गरेकी छिन्। सार्वजनिक भिडियोमा उनको महिला फ्यानले उनीसँग सेल्फी खिच्नको लागि पछिल्तिरबाट हातले छोएर बोलाउँछिन्। त्यसरी पछाडीबाट आफूलाई छोएको भन्दै उनले महिला फ्यानलाई झपारेकी छिन्। रानु मण्डलले महिला  फ्यानलाई, 'यो के हो ?  सेल्फीको लागि आग्रह गर्ने यो कुन तरिका हो?,'  भन्दै प्रश्न गरेकी छिन्।

 

भिडियो भाइरल भएसँगै उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनको चर्को आलोचना गरिरहेका छन्।

एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, 'मलाई नछोऊ, म अब सेलिब्रेटि भइसकें।' हामीले उनलाई सेलिब्रेटी बनायौं अहिले उनको यस्तो एटिच्युड!'

त्यस्तै अर्का प्रयोगकर्ता लेख्छन्– 'उनको रेलेवे स्टेशनको भिडियो भाइरल हुँदा हामी सबैले उनलाई साथ दिएका थियौं तर सेलिब्रेटी भइसकेपछिको उनको व्यवहार यस्तो छ। यो त फ्यानको नै अपमान भयो।'

त्यस्तै अर्का प्रयोगकर्ताले 'मलाई नछोउ म चर्चित छु' भन्दै रानु मण्डललाई व्यङ्ग्य गरेका छन्।

यसअघि बलिउड गायक हिमेश रेशमियाले रानुलाई आफ्नो फिल्ममा गीत गाउने मौका दिएका थिए। गीत गएसँगै उनको चर्चा चुलिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell