PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

निर्माणाधीन गेष्ट हाउसको छत भत्किँदा मालिकको मृत्यु, दुई जना गम्भीर घाइते



पहिलोपोस्ट

निर्माणाधीन गेष्ट हाउसको छत भत्किँदा मालिकको मृत्यु, दुई जना गम्भीर घाइते
फोटो : Google Map ।

गुलरिया : आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा गुलरिया नगरपालिका–६ मा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन्। घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन्।

घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।

गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काएर पुनःनिर्माण थालिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell