PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

एएफसी यू-१९ च्याम्पियनसिपमा नेपाल युएईसँग पराजित



पहिलोपोस्ट

एएफसी यू-१९ च्याम्पियनसिपमा नेपाल युएईसँग पराजित
फोटो : mycujoo.tv ।

काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्सको खेलमा नेपाल युएइसँग पराजित भएको छ। इरानको तेहरानस्थित पिएएस स्टेडियममा भएको खेलमा नेपाल ४-० ले पराजित भएको हो।

युएईले नेपाललाई पहिलो हाफमा २ गोल तथा दोस्रो हाफमा २ गोल गरेको थियो। नेपालले पनि आक्रमणको प्रयास गरे पनि सफल हुन सकेन।

युएईले २७, ३८, ८५ र ९६ मिनेटमा गोल गरेको थियो।

प्रतियोगितामा नेपाल समूह 'डी' मा रहेको छ। समूह 'डी' मा नेपालसहित कीर्गिस्तान, युएइ र इरान रहेका छन्।

नेपालले दोस्रो खेल इरानसँग २२ गते खेल्ने छ। त्यस्तै तेस्रो खेल २४ गते कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell