PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

उपनिर्वाचनका लागि उम्मेदवारको आज मनोनयन



पहिलोपोस्ट

उपनिर्वाचनका लागि उम्मेदवारको आज मनोनयन

काठमाडौँः मंसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज मनोनयन हुँदैछ। सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन हुनेछ। मुख्य राजनीतिक दलहरुले उम्मेदवार टुंग्याइसकेका छन्।

बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता हुनेछ। निर्वाचन कार्य तालिका अनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ। कात्तिक २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ।

उपनिर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५२ पदका लागि निर्वाचन हुँदैछ। ३७ जिल्लाका तोकिएका क्षेत्र र स्थानीय तहमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

निर्वाचनमा यसअघि भाग लिइसकेका ८५ वटा पुरानै दल सहभागी हुँदैछन्। यस्तै, १६ वटा नयाँ दलले पनि निर्वाचनमा सहभागिता जनाउनेछन्।

स्थानीय तहको हकमा मनोनयन कात्तिक २७ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell