PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

एसिसी इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा, सन्दीप र पारस नखेल्ने



पहिलोपोस्ट

एसिसी इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा, सन्दीप र पारस नखेल्ने

काठमाडौं : बंगलादेशमा आयोजना हुने एसिसी इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा भएको छ। नोभेम्बर १२ देखि २४ सम्म बंगलादेशमा आयोजना हुने प्रतियोगिताका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली घोषणा भएको हो।

नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।

त्यस्तै समूह 'ए' मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी हुने बताइएको छ।

पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने नेपाली टिममा सहभागी छैनन्। युएईमा हुने टी १० लिगमा आबद्ध भइसकेको र इमर्जिङ कपमा सहभागिता जनाउने निर्णयपछि आएकाले उनीहरु प्रतियोगितामा सहभागी नहुने बताइएको छ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन शर्राफ, सन्दिप जोरा, सुशान भारी, इशान पाण्डे, आरिफ शेख, अभिनास बोहरा, कुशल भुर्तेल

अफिसियल

म्यानेजर : प्रशान्त विक्रम मल्ल

मुख्य प्रशिक्षक : उमेश पटवाल

सहायक प्रशिक्षक : दिपेन्द्रप्रताप सिंह

भिडियो एनालिसिस्ट : रमन सिवाकोटी

फिजियो : विक्रम न्यौपाने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell