PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

सेन्ट्रल जोन वुमन्स भलिबलमा सहभागी हुन नेपाली महिला भलिबल टोली आज बंगलादेश जाँदै



पहिलोपोस्ट

सेन्ट्रल जोन वुमन्स भलिबलमा सहभागी हुन नेपाली महिला भलिबल टोली आज बंगलादेश जाँदै

काठमाडौं : एभिसी सेन्ट्रल जोन वुमन्स भलिबलमा सहभागिता जनाउन नेपाल आज बंगलादेश जाँदैछ। नेपाली महिला टोलीलाई नेपाल भलिबल संघले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेको थियो।

पहिलो पटक हुन गइरहेको एभिसी सेन्ट्रल जोनमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बताइन्।

प्रतियोगिता यही कात्तिक २१ गते देखि २९ गतेसम्म बंगलादेशको ढाकामा हुनेछ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए।

यसअघि नेपाली टोलीले थाइल्यान्डमा लामो प्रशिक्षण र अभ्यास खेलहरु खेलेर भर्खरै नेपाल फर्किएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell