
च्याम्पियन्स लिगको गएराति भएको खेलमा रियल मड्रिडले गालातासारेमाथि ६–० को फराकिलो जित निकालको छ। रोड्रिगोको ह्याट्रिकमा मड्रिडले फरकिलो जित निकालेको हो।
खेलको चौथो मिनेटबाटै रियलले खेलमा अग्रता लिएको थियो। रियलका लागि चौथो र सातौं मिनेटमा रोड्रिगोले गोल गरे। फेरि १४ औं मिनेटमा रामोसले गोल गरे। खेलको ४५ औं मिनेटमा बेन्जेमाले गोल गर्दा रियल पहिलो हाफमा ४–० ले अगाडि रह्यो।
दोस्रो हाफमा पनि बेन्जेमाले नै रियलको लागि गोल थपे। उनले ४५ र ८१ औं मिनेटमा गोल गरे। फेरि ९०औं मिनेटमा रोड्रिगोले गोल थपे।
त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटी र एटलान्टाले बराबरी खेले। खेलको ७ औं मिनेटमै अग्रता बनाएको सिटीले ४३ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन।
एटलान्टाका लागि ४९ मिनेटमा प्यासालिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलको ८१ मिनेटमा ब्राभो रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलमा सीमित सिटीले गोल थप्न नसक्दा बराबरीमा रोकियो।