
काठमाडौं : नेपाली फुटबल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ। म्यानमारको मन्डला थिरि स्टेडियममा हुने खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ।
यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा आयोजना हुने एसियन कपको क्यालिफायर्स अन्तर्गतको 'होम गेम' को तयारीका रुपमा हेरिएको छ। क्वालिफायर्सको सबै अवे गेम खेलिसकेको नेपालले मङ्सिर ३ गते दशरथ रंगशालामा कुवेतसँग खेल्ने निर्धारित छ।
नेपाली टिम
गोलकिपर : बिकेस कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन बिस्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुबास गुरुङ, मिक्छेन तामाङ
फरवार्ड : भरत खवास, बिमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ