PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक विष्फोट



पहिलोपोस्ट

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक विष्फोट

पोखरा : पोखरामा बम विस्फोट भएको छ।

आज बिहान मुख्य निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको हो। मंसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुँदैछ।

पोखराको  निर्माणाधीन पर्यटक बसपार्क नजिक रहेको निर्वाचन कार्यलय छेउमा बम विस्फोट भएको थियो। विस्फोटको कारण कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जानकारी दिएको छ। 'निर्माणाधीन बसपार्कभित्र विस्फोट भएको हो। तर कुनै पनि क्षति भएको छैन। प्रारम्भिक अनुसन्धानमा सामान्य विस्फोटक पदार्थ भएको देखिएको छ,' जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले भने।   

बम विस्फोट कसले र किन गराएको भन्ने बुझ्न नसकिएको प्रहरीले जनाएको छ। बम विस्फोट निर्वाचन कार्यालयभन्दा करिब २० मिटरको दुरीमा पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell