PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कास्कीमा ६ जनाको मनोनयन दर्ता, ने क पाबाट विद्या भट्टराई



विष्णु गौतम

कास्कीमा ६ जनाको मनोनयन दर्ता, ने क पाबाट विद्या भट्टराई

पोखरा : मसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज मनोनयन हुँदैछ।

कास्की क्षेत्र नम्बर २ मा उम्मेद्वारी दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विद्या भट्टराईले उम्मेद्वारी दर्ता गराएकी छिन्। भट्टराई स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती हुन्। त्यस्तै नेपाली काँग्रेस (बिपी)को तर्फबाट चन्द्रबहादुर रानाभाटले उम्मेद्वारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मनोनयन दर्ता गराउन बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत न्यायाधीश काजीबहादुर राईले जानकारी दिए। यो समचार तयार पार्दासम्म ६ जनाले मनोनयन दर्ता गराइसकेका छन्।

त्यस्तै स्वतन्त्रतर्फ कमलजंग कुँवर र यज्ञप्रसाद पंगेनीले उम्मेद्वारी दर्ता गराएका हुन्। साझा पार्टीका तर्फबाट रजनी केसीले उम्मेद्वारी दर्ता गराएकी छिन्। देशभक्त समाज पार्टीका तर्फबाट वीरबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका छन्। उपनिर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५२ पदका लागि निर्वाचन हुँदैछ।

आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता हुनेछ। निर्वाचन कार्यतालिका अनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ। कात्तिक २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ।

निर्वाचनमा यस अघि भाग लिइसकेका ८५ वटा पुरानै दल सहभागी हुँदैछन्। यस्तै, १६ वटा नयाँ दलले पनि निर्वाचनमा सहभागिता जनाउनेछन्।

स्थानीय तहको हकमा मनोनयन कात्तिक २७ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell