PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

छायांकन अघि नै 'प्रेम गीत ३' को मोसन टिजर रिलिज



पहिलोपोस्ट

छायांकन अघि नै 'प्रेम गीत ३' को मोसन टिजर रिलिज

काठमाडौं : सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्म 'प्रेम गीत ३' ले छायांकन अघि नै मोसन टिजर सार्वजनिक गरेको छ। फिल्मको छायांकन कात्तिक २२ गतेदेखि सुरु हुने निर्मातासमेत रहेका सन्तोष सेनले बताएका छन्।

फिल्म घोषणा भएदेखि नै चर्चामा रहेको 'प्रेम गीत ३' को उक्त टिजरमा अभिनेता प्रदिप खड्कालाई योद्धाको रुपमा प्रस्तुत गरिएको छ। यही टाइटलमा यसअघि निर्माण भएका 'प्रेम गीत' र 'प्रेम गीत २' को सफलतापछि सन्तोष सेनले यसैको सिक्वेल 'प्रेम गीत ३' निर्माण गरेका हुन्।

प्रदिप खड्का, कृस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ, अनुभव रेग्मी, सुजल बस्नेत, प्रेम पुरी र लक्ष्मी वर्देवा लगायतका कलाकारहरुको अभिनय रहेको 'प्रेम गीत ३' मा प्रदिप खड्का परम्परागत भन्दा फरक चरित्रमा प्रस्तुत भएका छन्। आसुशेन फिल्मस् प्रोडक्सनले निर्माण गरिरहेको यो फिल्मबाट कृस्टिना गुरुङ नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दै छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell