PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

संविधान अनुरूप प्रदेशको हितमा काम गर्नेछु : सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्त



एम बम

संविधान अनुरूप प्रदेशको हितमा काम गर्नेछु : सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्त

कैलाली : नवनियुक्त सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला पन्त (त्रिपाठी)ले पदभार ग्रहण गरेकी छन् । आज धनगढीस्थित प्रदेश कार्यालयमा नवनियुक्त प्रदेश प्रमुख पन्तले पदभार ग्रहण गरेकी हुन्।

हिजो सुदूरपश्चिम आइपुगेकी पन्तले प्रदेश प्रमुखका रूपमा सुदूरपश्चिम आउन पाउँदा निकै खुशी लागेको बताइन्। ‘सुदूरपश्चिममा प्रदेश प्रमुखका रूपमा आउन पाउँदा निकै खुशी लागेको छ,’पन्तले भनिन्, ‘प्रदेशका जनताको सहयोगको पूर्ण अपेक्षा राखेकी छु। प्रदेशवासीको सहयोग पाएमा संविधान अनुरूप प्रदेशको हितमा काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु।’

प्रदेश प्रमुख पन्तलाई प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत प्रदेश सरकारका अन्य मन्त्री, उच्च पदस्थ कर्मचारी, प्रदेश सांसद, सुरक्षाकर्मीहरुले स्वागत गरेका थिए। उनलाई कार्यालय परिसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण समेत गरेको थियो।

चितवन घर भएकी त्रिपाठी तत्कालीन माओवादीसम्बद्ध बेपत्ता परिवार समाजकी अध्यक्ष हुन्। उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षले बेपत्ता पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell