PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

जनकपुरबाट उम्मेद्वारी दिन पोखरा आएका डा साहले पाएनन् प्रस्तावक र समर्थक, 'पहाडमा मधेशी नेता चाहिन्छ नि'



विष्णु गौतम

जनकपुरबाट उम्मेद्वारी दिन पोखरा आएका डा साहले पाएनन् प्रस्तावक र समर्थक, 'पहाडमा मधेशी नेता चाहिन्छ नि'

पोखरा: कास्की २ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेद्वारी दिन आएका डाक्टर कृष्णचन्द्र प्रसाद साह प्रस्तावक र समर्थक नपाएपछि निरास मुद्रा लिएर फर्किएका छन्। मनोनयनको लागि उनले प्रस्तावक र समर्थक नै पाएनन्।

उम्मेद्वारीका लागि एक जना प्रस्तावक र समर्थक स्थानीयको आवश्यक पर्छ। जनकपुर १४ का स्थानीय साहले कास्कीमा स्थानीयको सहयोग नपाएको गुनासो गरे। उनले भने, 'आर्थिक विषयमा कुरा नमिलेपछि उमेद्वारी दिन पाइनँ।'

साहले मधेशी मुलको नेता पहाडलाई पनि चाहिएको भन्दै उम्मेद्वारी दिन छ दिन अघि पोखरा आएको सुनाए। उनले ६ दिनसम्म पोखरामा प्रचारप्रसार लगायत कार्यक्रम गरेको दाबी गरे।

साह यसअघि धनुषा ४ बाट फोरम लोकतान्त्रिकको प्रतिनिधिको रुपमा चुनाव लडिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell