PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

दीपिका पादुकोणको भूत अवतार 'अरुन्धती'



पहिलोपोस्ट

दीपिका पादुकोणको भूत अवतार 'अरुन्धती'
फोटोः वेबदुनिया डटकम

बलिउडकी सुन्दर अभिनेत्री दीपिका पादुकोणलाई अब केही समय सिल्भर स्क्रिनमा दर्शनीय स्वरुपमा देख्न पाइने छैन। यसलाई एक प्रकारले दीपिकाले सौन्दर्यबाट कुरुपतातर्फको यात्रा थालेकी भनेर अर्थ्याउन सकिन्छ। एसिड पीडितको चरित्रमा भर्खरै मात्र सुटिङ सकिएको फिल्म 'छपाक' बाट उनले कुरुपतातर्फको यात्रा थालेकी हुन् भन्दा फरक पर्दैन।

फिल्म 'छपाक' मा एसिड प्रहारबाट मुहार विरुप भएको यथार्थ संघर्ष–कथाको चरित्र निर्वाह गरेकी छिन् दीपिकाले। यसबाट यो फिल्ममा दीपिकाको वाह्य सौन्दर्य देख्न नपाइने अनुमान सहजै गर्न सकिन्छ। अर्थात अर्को शब्दमा फिल्म 'छपाक' मा उनको 'ग्ल्यामरस अवतार' हुने छैन।

'पदमावत', 'बाजीराव मस्तानी', 'गोलियों कि रासलीला' लगायत कैयौं फिल्ममा आफ्नो सौन्दर्य र अभिनयको जलवा देखाउँदै आएकी दीपिका यतिबेला भने 'छपाक' बाट पनि अघि बढेर भूतप्रेततर्फ लागेकी छिन्। उनी अब 'ग्ल्यामरस अवतार' को साटो फिल्म 'अरुन्धती' मा दर्शक तर्साउने भूतप्रेतको अवतारमा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

हरर जनराको यो फिल्ममा दीपिकाले शीर्ष चरित्र मात्र निर्वाह गर्न लागेकी नभएर आफैंले निर्माणसमेत गर्न लागेको बताइएको छ। फिल्ममा अन्य कलाकारको नाम भने घोषणा गरिएको छैन।

खासमा दिपिकाले १० वर्षअघिको तेलगु फिल्म 'अरुन्धती' को हिन्दीमा रिमेक गर्न लागेकी हुन्। तेलगु फिल्ममा भने सुपरहिट फिल्म 'बाहुबली' मा देवसेनाको भूमिकामा प्राण भरेकी अनुष्का शेट्टीको अभिनय रहेको थियो। 'बाहुबली' सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell