PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

केन्द्रले 'लास्टै पेलेपछि' बागी बनेको बाग्लुङका शेरमानको तर्क, भने : हामी चाहिँ भोटमात्र हालेर बस्ने?



नेत्र तामाङ

केन्द्रले 'लास्टै पेलेपछि' बागी बनेको बाग्लुङका शेरमानको तर्क, भने : हामी चाहिँ भोटमात्र हालेर बस्ने?

काठमाडौं: उपनिर्वाचनका लागि बागलुङ-२ (ख)मा नेपाल कम्युनिस्ट पार्टी(ने क पा)मा बागी उम्मेद्वारी परेको छ। नेकपाले जनमोर्चाका खिमविक्रम शाहीलाई सहयोग गर्ने भएपछि शेरमान घर्तीमगरले बागी उम्मेदवारी दिएका हुन्। 

मंसिर १४ गते हुने उप-निर्वाचनका लागि वाम गठबन्धनबाट विद्रोह गर्दै शेरमान उम्मेदवारी दर्ता गराएको बताए।

'केन्द्रले लास्टै पेलेपछि स्वतन्त्र उम्मेद्वारी दिएको हुँ,' घर्तीले पहिलोपोस्टसँग प्रश्न गर्दै भने, 'ठूला नेतालाई मात्र जिताएर पठाउने? कार्याकर्ताको अपमान भयो। के हामी चाहिँ भोटमात्र हालेर बस्ने?' 

नेकपाले नै चुनाव जित्छ भनेर केन्द्रमा रिपोर्ट पठाउँदा पनि केन्द्रले नमानेको घर्तीको दाबी छ। उनले भने, 'हामीले चुनाव जित्छौं भनेर केन्द्रमा सर्कुलर गरेकै हो। तर, हामीलाई पत्याइएन। ५० वर्ष भइसक्यो परी थापादेखि देवेन्द्र पौडेललाई जिताएर पठाएको।' 

कार्याकर्ताले नेता चिनेकाले जित्नमा ढुक्क भएको शेरमानको दाबी छ।

उनको उम्मेद्वारीमा ढोरपाटन नगरपालिका-२ का नेता दधिराम अर्याल प्रस्तावक र निशीखोला गाउँपालिकाका दलित युवा रिम बहादुर विक समर्थक बसेका छन्।

साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालीन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको मेयरका लागि उम्मेदवार थिए। 

पार्टीले दबाव दिएमा उम्मेद्वारी के गर्नुहुन्छ?

जवाफमा घर्तीले भने, 'मलाई पार्टीले नै उठाएको हो। मात्र केन्द्रले नदिएको। उम्मेद्वारी कुनै हालतमा फिर्ता हुँदैन।' 

उक्त क्षेत्रमा नेपाली कांग्रेसका जितबहादुर शेरचनले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि निर्वाचित जनमोर्चाका टेकबहादुर घर्ती मगरको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell