
काठमाडौं : मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)को नेपाल टुरमा आज भएको फस्ट क्लास क्रिकेटको दोस्रो दिनको खेलमा नेपाल १५३ रनमा अलआउट भएको छ। नेपालले खराब प्रदर्शन गर्दै ४४ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको हो।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रन बनाए। विनोद भण्डारीले ३६ रन, सोमपालले २६ र आरिफको १० रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र ललित राजबंशीले रन जोड्न सकेनन्। यसअघि ब्याटिङ गरेको एमसिसीले १०२ ओभरमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट तथा सोमपाल कामी र सरद भेषावाकरले २/२ विकेट लिए।
यो सँगै नेपाल पहिलो पारीमा २११ रनले पछि पर्यो। फेरि ब्याटिङमा उत्रिएको एमसिसीले २१ ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनायो। समग्रमा एमसिसीले ३०२ रनको अग्रता बनाएको छ। दोस्रो पारीमा ललित राजबंशी र पवन सर्राफले समान १/१ विकेट लिएका थिए।