PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

मैत्रीपूर्ण फुटबल : नेपाल म्यान्मारसँग ३–० ले पराजित



पहिलोपोस्ट

मैत्रीपूर्ण फुटबल : नेपाल म्यान्मारसँग ३–० ले पराजित
फोटो : म्यान्मार फुटबल।

नेपाली फुटबल टोली आज म्यान्मारसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। म्यान्मारको मन्डला थिरि स्टेडियममा भएको खेलमा नेपाल ३–० गोलान्तरले पराजित भएको हो।

पहिलो हाफमा २ गोलले पछि परेको नेपाललाई दोस्रो हाफमा म्यान्मारले १ गोल थप्यो।

यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा आयोजना हुने एसियन कपको क्यालिफायर्स अन्तर्गतको 'होम गेम' को तयारीका रुपमा हेरिएको छ। क्‍वालिफायर्सको सबै 'अवे गेम' खेलिसकेको नेपालले मंसिर ३ गते कुवेतसँग खेल्ने निर्धारित छ। तर, घरेलु मैदान दशरथ रंगशाला तयार नभएकाले एएफसीले अर्को 'भेन्यु' तोक्ने छ। एन्फाले भुटानमा खेल्नका लागि प्रस्ताव गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell