PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ने क पा बाहेकका उम्मेद्वारहरुको आरोप : सरकारले जनताको भावना अनुरुप काम गरेन



विष्णु गौतम

ने क पा बाहेकका उम्मेद्वारहरुको आरोप : सरकारले जनताको भावना अनुरुप काम गरेन

पोखरा : आगामी मंसिर १४ गते हुने उपनिवार्चनका लागि कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा २५ जनाले उम्मेद्वारी दिएका छन्। जसमा १४ वटा राजतीनिक दल र ११ जना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएका हुन्। 

निर्वाचन आयोग कास्कीका मुख्य निर्वाचन अधिकृत काजि बहादुर राईका अनुसार २५ मा ५ जना महिला उम्मेदवार रहेका छन्। दलगत रुपमा दर्ता गराएमध्ये तीन जना उम्मेदवारको यस अगाडीको निर्वाचनमा समानुपातिक उम्मेदवारमा नाम भएकाले उनीहरुको छानविन भईरहेको आयोगले बताएको छ।

उम्मेद्वारी दर्ताका लागि जिल्ला निर्वाचन आयोगको कार्यालय गएका २४ जनाले सरकारको विरोध गरेका छन्। उनीहरु सबैको एकै स्वरमा भनेका छन्, 'दुई तिहाईका नाममा सरकारले जनअपेक्षा अनुसार काम गरेन।'

उम्मेदवारी दर्ता गर्दे नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले भने, 'देश गलत दिशा तिर गयो, जनताले दुःख पाए, त्यसका लागि मैले उम्मेदवारी दिएको हुँ।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारीले पनि सरकारले सहि काम नगरेको आरोप लगाए। हिन्दु राष्ट्र हुनु पर्ने माग राख्दै उनले देशमा बढ्दो चरम भ्रष्टचारको कारण यो सरकार असफल भएको आरोप लगाए।

उनले भने, 'म वर्तमान सरकारका नाममा कार्यकर्ता पोस्ने गरी भएको भ्रष्टाचारको विरोध गर्दै उनीहरुलाई कारबाही गर्न उम्मेदवारी दिएको हुँ।'

विवेकशील नेपाली दलकी उम्मेदवार जमुना शर्माले यो सरकारले कुनै पनि हालतमा शुसासनको प्रत्याभुती दिलाउन नसकेको बताएकी छिन्। आफ्नै देशमा श्रम बेचेर आम्दानी गर्ने वातावरणको निर्माण गर्नु पर्ने पनि उनको धारणा थियो।

साझा पार्टीबाट उम्मेद्वार बनेकी रजनी केसीले पनि अहिलेको सरकारले नीतिगत भ्रष्टचार गरेको भन्दै बहुमत प्राप्त सरकारले कुनै पनि गतिलो र उदाहरणीय काम नगरेको आरोप लगाएकी छन्।

उनले भनिन्, 'सरकार कता हरायो–हरायो, हामीले पाउने आधारभुत कुराहरु समेत प्राप्त गर्न सकेनौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell