PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

फिल्म 'घामड शेरे' टिमलाई कांग्रेस प्रवक्ताको शुभकामना



फिल्म 'घामड शेरे' टिमलाई कांग्रेस प्रवक्ताको शुभकामना

काठमाडौं : भोलिबाट प्रदर्शनमा आउन लागेको फिल्म 'घामड शेरे' टिमलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले शुभकामना दिएका छन्। असम्बन्धित व्यक्तिले पोस्ट गरेको तस्विरलाई लिएर कोही पनि उत्तेजित हुन जरुरी नभएको भन्दै प्रवत्ता शर्माले फेसबुकमार्फत फिल्म निर्माता टिमलाई शुभकामना दिएका हुन्।

उनले फेसबुक स्टाटसमा लेखेका छन्, 'गलत 'सिस्टम'का विरुद्ध लड्ने पात्रको कथा रहेकोे फिल्म भोलि २२ कात्तिकबाट प्रदर्शन हुन लाग्दैछ। असम्बन्धित व्यक्तिले पोस्ट गरेको तस्विरलाई लिएर फिल्म या फिल्म युनिटसँग कोहिपनि उत्तेजित हुन जरुरी छैन। निर्देशक, निर्माता, कलाकार र सिंगो टिमलाई शुभकामना।'

 

यसअघि फिल्मको पोस्टरमा कांग्रेस सभापति शेरबहादुर देउवाको फोटो राखेर ट्रोल बनाइएपछि फिल्म 'घामड शेरे' टिम विवादमा तानिएको थियो। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टिमले सामाजिक सञ्जालमा छाएका ट्रोलहरुमा आफ्नो कुनै सम्लग्न र समर्थन नरहेको स्पष्टिकरण दिएको छ। प्रेस विज्ञप्ति जारी गर्दै ट्रोलको कारण राजनितिक व्यतित्वमा पर्न गएको असर र असुविधाको लागि निर्माण टिमले माफी मागेका छन्।

यो पनि पढ्नुहोस् :

'घामड शेरे'को 'ट्रोल'मा हाम्रो समर्थन छैन : निर्माण टिम



फिल्म 'घामड शेरे' टिमलाई कांग्रेस प्रवक्ताको शुभकामना को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell