PahiloPost

May 14, 2025 | १ जेठ २०८२

पूर्व मन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ



पहिलोपोस्ट

पूर्व मन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ

काठमाडौं : पूर्व मन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुप ज्योति पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो।

नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा गत वर्षको मंसिर २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो।

आज सिल्क एयरबाट नेपाल उत्रिएलगत्तै उनलाई पक्राउ गरिएको हो।

उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell