PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

समाजलाई सभ्य बनाउने फिल्म बन्नुपर्छ : राष्ट्रपति भण्डारी



राधेश्याम पटेल

समाजलाई सभ्य बनाउने फिल्म बन्नुपर्छ : राष्ट्रपति भण्डारी

वीरगंज : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सिनेमा यहाँको समाजलाई सभ्य बनाउन अभिप्रेरित गर्ने खालको बन्नु पर्ने भन्दै चलचित्रकर्मीहरुको ध्यानाकर्षण गराएकी छिन्।

वीरगंजमा आजदेखि शुरु भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन गर्दै उनले फिल्म समाजको ऐना भएकोले नेपाली बहुभाषीक, बहुसांस्कृतिक, बहुसाहित्यिक, बहुकलामत्क समाजलाई सोही अनुरुपमको शिक्षित र प्रेरणा दिने खालको फिल्म निर्माणमा फिल्मकर्मीहरुले जोड दिनु पर्ने बताइन्।

राष्ट्रपति भण्डारी प्रदेश नम्बर २ को सरकारले समाज रुपान्तरणको लागि चालेको 'बेटी पढाउ, बेटी बचाऊ' अभियान सफल बनाउन कलाकारको सहयोग आवश्यक रहेको बताइन्।

'तराई, पहाड, हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णीम महोत्सव–२०७६' को नाराले आयोजित महोत्सवले सम्पूर्ण नेपाली चलचित्र क्षेत्रको विकास तथा पर्यटन प्रबर्द्धनको लागि महोत्सव फलदायी हुने उनले विश्वास व्यक्त गरिन्।

चलचित्र निर्माण गर्दा विविधतामा एकतालाई ध्यान दिन सुझाव दिँदै हजारौँलाई रोजगार दिने चलचित्र क्षेत्रमा सरकारले पनि सोच्ने बेला आएको बताइन्। राष्ट्रपति भण्डारीले चलचित्रको माध्यमबाट समाजलाई एकताबद्ध रुपले लैजाने पटकथा निर्माण गर्नुपर्नेमा जोड दिइन्।

उनले आधा शताब्दीको गौरवमय इतिहास बोकेको नेपाली चलचित्र अहिले आफैँमा रुपान्तरण भई भौगोलिक, धार्मिक, सांस्कृतिक झल्किने चलचित्र निर्माण भइरहेको तर स्तरीय हुन नसक्दा विश्व बजार लिन नसकेकोप्रति चिन्ता व्यक्त गरिन्।

उनले नेपालमा भएका घटनाहरु बितेका इतिहासको आधारमा चलचित्र निर्माणमा निर्माताहरुले ध्यान दिनुपर्ने बताइन्।

सो क्रममा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल अहिले इतिहास निर्माणको क्रममा रहेको बताउँदै हामी सबैले इतिहास बनाउने काम गरिरहेको बताए। उनले नेपालको चलचित्रले नयाँ बाटो खोजिरहेकोमा लगानीकर्ता इच्छुक नहुँदा नेपाली चलचित्रले नेपालकै बजार लिन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले सरकारले चलचित्रलाई प्रत्यक्ष सहयोग पुग्ने हिसाबले चलचित्र नीति नियम समेत पारित भइसकेको र यसलाई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि प्रत्यक्ष सहयोग पुग्ने दाबी गरे। मन्त्री बास्कोटाले संविधानले पनि चलचित्र क्षेत्रलाई समेटेकोले अब नीति नियम तहबाट पनि चलचित्र क्षेत्रमा प्रत्यक्ष सहयोग पुग्ने बताए।

त्यस्तै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कलाकारहरुले कलाको माध्यमबाट हिमाल, पहाड, तराई जोड्दै आएको बताए। उनले समाज रुपान्तरणको अवस्थामा रहेको बेला कलाकारहरुले कलाको माध्यमबाट सहयोग गरेमा समाज विकास हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell