PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

भालुको पित्त ओसारपसार गर्ने एक पक्राउ



पहिलोपोस्ट

भालुको पित्त ओसारपसार गर्ने एक पक्राउ

भोजपुरः भालुको पित्त ओसारपसार संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्। प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चाडपर्वको अवसर पारेर घरमा आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि महिला फरार रहेको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डवकुमार वंशीले बताए। प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौँमा बुझाएको जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell