PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

मलेसियामा एक नेपालीको मृत्यु



पहिलोपोस्ट

मलेसियामा एक नेपालीको मृत्यु
प्रतीकात्तक तस्विर

राजविराजः सप्तरीको तिरुहुत गाउँपालिका ३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए।

अचानक बेहोस भएर मृत्यु भएको भनिए पनि मृत्युबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ। 

यादवको परिवारले शव नेपाल ल्याइदिन नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। दुई वर्षअघि यादव रोजगारीको सिलसिलामा मलेसिया गएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell