PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

उपनिर्वाचनः चार सिटका लागि ६५ जनाको उम्मेदवारी, कहाँ कसको भीडन्त?



पहिलोपोस्ट

उपनिर्वाचनः चार सिटका लागि ६५ जनाको उम्मेदवारी, कहाँ कसको भीडन्त?

काठमाडौँः मंसिर १४ गते हुने आसन्न उपनिर्वाचनको प्रतिनिधिसभा र प्रदेशसभाको मनोनयन बिहीबार सकिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको चार सिटका लागि स्वतन्त्रसहित ६५ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। उम्मेदवारको अन्तिम नामावली भने कात्तिक २४ गतेमात्र सार्वजनिक हुनेछ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको एक सिटका लागिमात्र २२ जनाको मनोनयन दर्ता भएको छ। तीन स्थानका लागि हुन गइरहेको प्रदेशसभा सदस्यका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

बिहीबार प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङ ३ (ख) का लागि उम्मेदवारी दर्ता भएएको हो।

आयोगका अनुसार कास्कीमा एक सिटका लागि २२ जनाको मनोनयन भएको छ। जसमा कमल जङ्ग (स्वतन्त्र), नेपाल कम्प्युनिष्ट पार्टी (ने क पा) काका तर्फबाट विद्या भटृराई, देशभक्त समाजका वीर वहादुर

विश्वकर्मा, नेपाली कांग्रेस (बी.पी.) का चन्द्रबहादुर रानाभाट छन्। यस्तै, यज्ञप्रसाद पंज्ञेनी (स्वतन्त्र), साझा पार्टीका रजनी के.सी., राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर राना, जमुना शर्मा (स्वतन्त्र), नेपाली कांग्रेसका खेमराज पौडेल, नेपाल कम्युनिस्ट पार्टी (माले) का टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ्, लक्ष्मी कुमारी भुजेल (स्वतन्त्र), सुनिल भुसाल (स्वतन्त्र), सुनिल बहादुर कोइराला (स्वतन्त्र), उमनाथ गौतम (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गंगा मल्ल, दिपक रेग्मी (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी, रन बहादुर दमै (स्वतन्त्र), नवराज वास्तोला

(स्वतन्त्र) र पुरुषोत्तम खनाल (स्वतन्त्र) को उम्मेदवारी दर्ता भएको छ।

 

प्रदेशमा को को ?

आयोगले सार्वजनिक गरेको मनोनयनको सूची अनुसार भक्तपुर १ (क) मा १९ जनाले उम्मेदवारी दिएका छन्। जसमा कृष्ण प्रसाद ह्योगो (स्वतन्त्र), जीवन नेपाली (स्वतन्त्र), कृष्णराम पोतामाहा (स्वतन्त्र), साझा पार्टीका सुरज प्रधान, अर्जून कोजु (स्वतन्त्र), उत्तम साखकर्मी (स्वतन्त्र), नेपाली कांग्रेसका कृष्णलाल भँडेल, राकेश सुवाल (स्वतन्त्र), समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका नीरज लवजू, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, सुमना कार्की (स्वतन्त्र), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद (डीपी) ढकाल रहेका छन्। यस्तै, जीवन चन्द्र अधिकारी (स्वतन्त्र), नेपाल कम्युनिस्ट पार्टी (माले) का सुदर्शन लामिछाने, संगीता पौडेल आचार्य (स्वतन्त्र), सुजाता देउजा (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा र नेपाली कांग्रेस (बी.पी.) का मधुसुदन न्यौपानेले मनोनयन दर्ता गरेका छन्।

बागलुङमा नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरे पनि सहमति कायम रहन सकेन। नेकपाका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ। नेकपाका शेरमान घर्तीमगरले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।

बागलुङ २ (ख) मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। जसमा रा.प्र.पा. (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली कांग्रेसका जीतबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्तीमगर (स्वतन्त्र) र मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले उम्मेदवारी दिएका छन्।

यस्तै, दाङ ३ (ख) मा १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। रिक्त पदमा राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नेपाली कांग्रेसका केशवराज शर्मा, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का छोटीलाल थारु, नेपाल कम्युनिस्ट पार्टीका हरिप्रसाद डाँगी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बिमला कुमारी खत्री, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मंगोल नेशनलका घनश्याम चौधरी रहेका छन्। यस्तै, टिकाराम आचार्य (स्वतन्त्र), गोविन्द के.सी. (स्वतन्त्र), साझा पार्टीका शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्र बहादुर खत्री र नेपाली कांग्रेस (बी.पी.) का दिपक कुमार धिताल गरी जम्मा १४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell