PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

एएफसी यू-१९ च्याम्पियनसिपमा नेपालले आज इरानसँग खेल्ने



पहिलोपोस्ट

एएफसी यू-१९ च्याम्पियनसिपमा नेपालले आज इरानसँग खेल्ने

काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्समा आज नेपालले घरेलु टोली इरानको सामना गर्दैछ। पहिलो खेलमा युएइसँग पराजित भएको नेपाललाई पहिलो जितको आवश्यकता छ। इरानको तेहरानस्थित पिएएस स्टेडियममा आज बेलुकी ८ बजे खेल सुरु हुनेछ।

यसअघि नेपाल युएईसँग ४–० ले पराजित भएको थियो। यता नेपाल रहेको समूहमा बलियो मानिएको इरानले भने पहिलो खेल जितिसकेको छ। इरानले पहिलो खेलमा कीर्गिस्तानलाई ३–० ले हराएको थियो।

प्रतियोगितामा नेपाल समूह 'डी' मा रहेको छ। समूह 'डी' मा नेपालसहित कीर्गिस्तान, युएइ र इरान रहेका छन्।

नेपालले तेस्रो खेलमा २४ गते कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell