PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

नेपाली यू १९ 'ए' टोलीको विदाइ : भारतमा यू -१९ च्यालेन्ज सिरिजमा प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपाली यू १९ 'ए' टोलीको विदाइ : भारतमा यू -१९ च्यालेन्ज सिरिजमा प्रतिस्पर्धा गर्दै

काठमाडौं : भारतको हैदराबादमा हुने यू-१९ च्यालेन्ज सिरिजका लागि जाने नेपाल यू १९ 'ए' टोलीलाई आज एक कार्यक्रमबीच विदाइ गरिएको छ। नेपाली टोलीलाई क्यान सचिव अशोकनाथ प्याकुरेल, आइसिसीको नेपालका लागि प्रोजेक्ट म्यानेजर रौनक मल्ल लगायतले नेपाली टोलीको विदाइ गरेका थिए।

नेपाली टोली प्रशिक्षक विनोद दासले अनुभवका लागि नेपाललाई यो ठूलो अवसर भएको बताए। यो यू १९ 'ए' टिम भएकाले नियमित यू १९ टिमबाट खेल्दै गरेका खेलाडीहरु भन्दा पनि नयाँ अनुहारहरु धेरै रहेको उनले बताए।

नेपाली टोलीले प्रतियोगिताका लागि १५ दिन अभ्यास गरेको थियो। क्यान सचिव प्याकुरेलले नेपाली यू १९ टिममा 'डबल बेन्च' हुनु भनेको ग्रासरुटको अवस्था राम्रो भएको आशय व्यक्त गरे। उनले खेलाडीको ड्रेसमा लामो समयपछि क्यानको लोगो देख्न पाउँदा खुशी लागेको बताए।

प्रतियोगिता कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म भारतको हैदराबादमा सम्पन्न हुनेछ। प्रतियोगितामा ४ टोलीको सहभागिता रहने छ। जसमा इन्डिया रेड, इन्डिया ब्लू, इन्डिया यल्लो र नेपाल 'ए' ले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नेपाल 'ए' ले इन्डिया यल्लोसँग कात्तिक २४ गते प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिम

रित गौतम (कप्तान), लोकेशबहादुर बम, तृत राज दास, विशाल विक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादब, सूर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी

वैकल्पिक खेलाडी

दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह, सोनु देवकोटा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell