PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

पिएसएलका लागि ५ नेपाली खेलाडी क्यानद्वारा प्रस्ताव



पहिलोपोस्ट

पिएसएलका लागि ५ नेपाली खेलाडी क्यानद्वारा प्रस्ताव

काठमाडौं : पाकिस्तान सुपर लिग (पिएसएल)का लागि पाँच नेपाली खेलाडीको नाम नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले प्रस्ताव गरेको छ।

पिएसएलको २०२० को ड्राफ्टका लागि आइसिसीमार्फत क्यानले ५ खेलाडी राख्न प्रस्ताव गरेको हो। क्यानले प्रस्ताव गरेका खेलाडीहरुमा पवन सर्राफ, करण केसी, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख र बिनोद भण्डारी छन्।

क्यानद्वारा प्रस्तावित नामहरु आइसिसीले पाकिस्तान क्रिकेट बोर्डलाई पठाउने छ।

पछिल्लो समय नेपाली क्रिकेटरहरुले विदेशी फ्रेचन्चाइज लिगमा सहभागिता जनाउने क्रम बढेको छ। नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वका अधिकांश ठूला फ्रेन्चाइज लिग खेल्दै वर्षमा सबैभन्दा बढि टी२० लिग खेल्ने खेलाडी समेत भइसकेका छन्। त्यस्तै सोमपाल कामीले पनि विदेशी फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन्।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले पनि युएईमा हुने टी १० लिगमा सहभागिता जनाउने भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell