PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अपर मुस्ताङतिर हिउँ



रासस

अपर मुस्ताङतिर हिउँ
फाइल फोटो

ठिनी : उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ। दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो। चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए। पानी र हिमपातका कारण चिसो बढेको छ। जनजीवन प्रभावित भएको छ। डाँडाहरुमा बाक्लो हिउँ जमेको छ। बस्तीमा दुई/तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन्। चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन्। पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन्।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन्। उनीहरुले घुम्ती व्यापार पनि गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell