PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विद्या भट्टराईको 'भाइरल झोला'को यस्तो छ राम कहानी



विष्णु गौतम

विद्या भट्टराईको 'भाइरल झोला'को यस्तो छ राम कहानी

पोखरा : कास्की क्षेत्र नम्बर २ बाट ने क पाकी उम्मेद्वार विद्या भट्टराईको झोला निकै भाइरल बन्यो। उप निवार्चनका लागि उम्मेदवारी दिन निर्वाचन कार्यालय जाँदा उनको झोला कसैले बोकिदिएको थियो। झोला बोक्ने को हो र केका लागि बोकियो भन्ने प्रश्न सामाजिक सञ्जालमा गरिएको देखिन्छ।

भट्टराईको झोला बोक्ने अरु कोही नभएर उनका माइला देवर दीपेन्द्र अधिकारी हुन्। पोखरा महानगरपालिका ३३ भरतपोखरीको गैह्रा गाउँबाट निर्वाचन कार्यालय राष्ट्र बैंक चोक पुग्दा दीपेन्द्रले झोला  बोकिदिएका थिए।

यस्तो छ झोलाको कहानी

दीपेन्द्र अधिकारी विगत २२ वर्षदेखि वैदेशक रोजगारीको लागि जापानमा छन्। एक महिना अगाडि भाउजुलाई चुनाव जिताउन भनी उनी घर आएका हुन्। 

निर्वाचन कार्यालयले जारी गरेको उम्मेद्वारी दर्ताका लागि उनी बिहान साढे आठ वजे घर भरतपोखर, गैह्रागाँउबाट हिँडेका हुन्। उनी चुनावकै लागि नेपाल आएको थिए।

'भाउजु नै उम्मेदवार भएका कारण भाउजुलाई छोडेर अन्यत्र जाने कुरा पनि भएन। घरबाट हिँडेपछि केहि तल ओरालो बाटो झर्दा समस्या भए पछि म आँफैले भाउजुको हातबाट झोला खोसेको हुँ,' उनले भने, 'भाउजुको खुट्टा सानैमा दुर्घटनामा परेका कारण राम्ररी टेक्न पनि समस्या छ। अनि गाउँमा वरपरका घरबाट शुभकामना दिँदा भाउजुले पनि नमस्कार गर्नु भयो। बाटो अप्ठेरो, खुट्टा कमजोर अनि हातमा झोला यी समस्याले गर्दा मैले सझिलो होस् भनेर झोला बोकेको हुँ।'

झोला भित्र के थियो?

'झोला भित्र के थियो त्यो त सबै मलाई थाहा भएन तर पनि निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताका लागि हिडेको हुँदा आवश्यक सामान थिए,' उनले भने। 

झोलामा नागरिकता, त्यसको फोटोकपी, केही नगद, उम्मेद्वारी दर्ताका लागि आवश्यक फोटो, डायरी र सम्मानमा लगाइदिएका केही खादा रहेको उनले भने। 'मैले आमा समान सोचेर भाउजुलाई सहयोग गरेको हो त्यसैले अरु के के थियो भनेर खोजतलास गर्न पनि आवश्यक रहेन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell