PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

ब्याटिङमा बलर चम्किए पनि एमसिसीसँगको 'फस्ट क्लास' म्याचमा नेपाल पराजित



पहिलोपोस्ट

ब्याटिङमा बलर चम्किए पनि एमसिसीसँगको 'फस्ट क्लास' म्याचमा नेपाल पराजित

काठमाडौं : एमसिसीको नेपाल टुरका क्रममा बुधबारबाट शुरु भएको तीन दिवसीय 'फस्टक्लास म्याच'मा नेपाल एमसिसीसँग पराजित भएको छ। नेपालले दुवै इनिङमा कमजोर ब्याटिङ गर्दा एमसिसीसँग २०८ रनले पराजित भएको हो।

एमसिसीले दिएको ३९३ को विशाल लक्ष्य पछ्याएको नेपालले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सफल रह्यो।

दोस्रो दिनको म्याच सकिँदा ३०२ रनले अगाडि रहेको एमसिसीले आज ६ विकेटको क्षतिमा १८१ रन बनाउँदा एमसिसीले ३९३ रनले अगाडि रहेको थियो।

आज ब्याटिङ गर्ने क्रममा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए। त्यसबाहेक राजु रिजालले ३१ रन तथा सन्दीप लामिछानेले ३१ रन बनाए।

एमसिसीसँगको फस्ट क्लास क्रिकेटको दुवै पारीमा सोमपाल कामी र सन्दीप लामिछानेले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरे।

सोमपाल कामीले पहिलो इनिङमा २६ रन बनाएका थिए भने सन्दीपले ३९ रन बनाएका थिए।  

भोलि नेपाली सिनियर टोली र यू १९ सम्मिलित टोलीले एमसिसीसँग टी-२० म्याच खेल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell