PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

रुप ज्योति र उनकी छोरी तीन दिन हिरासतमै रहने, अदालतले दियो अनुमति



पहिलोपोस्ट

रुप ज्योति र उनकी छोरी तीन दिन हिरासतमै रहने, अदालतले दियो अनुमति

काठमाडौं : पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुप ज्योति सहित छोरी सुरुची ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। शुक्रवार काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। प्रहरीले सात दिने म्याद मागेको भए पनि अदालतले तीन दिनमात्र तोकेको हो।

रुप ज्योति र उनकी छोरी सुरुचीलाई बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो। नेपालका ठूला व्यवसायिक घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा गत वर्षको मंसिर २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो।

हिजो राति सिल्क एयरबाट नेपाल उत्रिएलगत्तै उनलाई पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell