PahiloPost

Nov 22, 2019 | ६ मंसिर २०७६

'सन्दीप! सन्दीप! ओलिभर! ओलिभर!: टियू मैदानमा जब समर्थक चिच्याए सेल्फीका लागि

'सन्दीप! सन्दीप! ओलिभर! ओलिभर!: टियू मैदानमा जब समर्थक चिच्याए सेल्फीका लागि

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं:  कीर्तिपुरस्थित टियू मैदानमा इङल्यान्डको मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) र नेपालबीचको तीन दिवसीय फस्ट क्लास म्याच आज सकियो। बुधबारबाट शुरु भएको खेलमा नेपाल पराजित भयो।

त्यतिमात्र हैन एमसिसीले नेपाली यु-१९ र सिनियर टिमसँग पनि यसअघि खेलिसकेको छ। नेपाली टिमको उपस्थिति भएर होला, जारी खेलहरुमा समर्थकको उपस्थिति उल्लेखनीय रहँदै आएको छ।

मैदान वरपर समर्थकहरु 'हुटिङ' गर्दै खेलाडीलाई उत्साहित गर्दै थिए। नेपाली खेलाडीलाई मात्र होइन एमसिसीका खेलाडीलाई पनि चिच्याइ चिच्याइ समर्थन गरिरहेका देखिन्थे। र, म्याच सकिँदै गर्दा समर्थकहरु क्रिकेटरसँग सेल्फी खिच्न आतुर देखिए। खेल सकिने बित्तिकै आज पनि समर्थकहरु एक ठाउँमा भेला भएर सेल्फीका लागि खेलाडीलाई डाकिहाले।

बुधबार र बिहीबारको खेल पछि पनि समर्थकहरु सेल्फी खिचिरहेका देखिन्थे।

आज एमसिसीसँगको म्याच सकिने बित्तिकै समर्थकहरुले खेलाडी बोलाउन थालिहाले। कोही समर्थक 'करण! करण!!' भन्दै बोलाउँदै थिए भने कोही 'सोमपाल! सोमपाल!!' र कोही 'सन्दीप! सन्दीप!!'

समर्थकहरु यतिमै रोकिएनन्। एमसिसीका खेलाडीहरुलाई पनि बोलाउन पछि परेनन्। 'ओलिभर! यासिर!!' भनेर बोलाएरै छाडे। र, सेल्फी खिच्न भ्याइहाले।   

यसरी रोमाञ्चक बनेको टियू मैदानमा भोलि सिनियर र यू १९ मिश्रित नेपाली टोलीले शनिबार पनि टी २० खेल खेल्दै छ।



ट्रेन्डिङ पोस्ट

ncell